•  ८ मंसिर २०८१, शनिबार
  •  4:49:01 PM

खाेटाङकाे सामुदायिक बनमा ४ दिन देखि डढेलाे : पाइप जलेपछि विद्यालमा खानेपानी नै बन्द

- बैशाख ९, २०८० मा प्रकाशित



खाेटाङ ।  डढेलोले पाइप जलेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको रातमाटे आधारभूत विद्यालमा खानेपानी आपूर्ति बन्द भएको छ ।

सामुदायिक वनमा लागेको डढेलोले खानेपानीको पाइप जलेपछि बिहीवारदेखि विद्यालयमा खानेपानीको आपूर्ति बन्द भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताए ।

साविक दुर्छिम–२ मा पर्ने स्थानीय मार्से सावाला कुर्ले सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानीको पाइप जलेको हो ।

भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर पाइप डढेलोले जलेको हो । प्यालाभिरदेखि मुहानसम्मको खण्डको कतिपय पाइप जलेर टुक्रा–टुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको अध्यक्ष राईले बताए । 

वैशाख ६ गतेदेखि सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफैँ निभेको छ । स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घरहरू भने जोगाएका छन् ।

Comments

सम्बन्धित खवर