•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:07:10 AM

७.८८ प्रतिशतले बढ्यो मूल्यवृद्धि, खाद्य र यातायात क्षेत्रमा अचाक्ली महँगी

- फाल्गुन २८, २०७९ मा प्रकाशित



काठमाडौं । माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार माघमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशतले बढेको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेयपदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत उपसमूहको मूल्य सूचकांक १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति छ । ०७८ माघमा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ६.७१ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति थियो ।

Comments

सम्बन्धित खवर