•  ९ मंसिर २०८१, आईतवार
  •  12:11:11 AM

बिराटनगरमा कोशी प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधरको प्रदर्शन

- फाल्गुन १९, २०७९ मा प्रकाशित



विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएकोमा आपति जनाउँदै पहिचानवादी संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् । पहिचानवादी संस्था (लिम्बुवान किरात संघर्ष समिति) ले मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोक र प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदेश सरकारविरुद्ध ‘पहिचानवादी एक हौँ’, ‘मुख्य मन्त्री हिकमत कार्की मुर्दावाद’, लगायतका नारा समेत लगाएका थिए । बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश–१ लाई ‘कोशी’ नामकरण गरेको थियो ।

प्रदेश–१ को नामकरण किरात, लिम्बूवान राख्द माग गर्दै आएकोमा आफूहरुको मागलाई नजरअन्दाज गरिएको र पहिचानविरोधी ‘कोशी’ नाममा छलफल नै नगराइ हतास र निरंकुश ढंगले नामकरण गराइएको उनीहरुको आरोप छ ।किरात लिम्बुवान सगरमाथा नाम राख्ने पक्षमा नेकपा समाजवादी र जसपाले प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए । बहुमतले त्यो नाम अस्वीकृत गरेको थियो ।

Comments

सम्बन्धित खवर