सुनचाँदीको भाउ घट्यो
- फाल्गुन १४, २०७९ मा प्रकाशित
काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको पहिलो कारोबार आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments