•  ९ मंसिर २०८१, आईतवार
  •  1:42:23 AM

शनिबार बाहेक सार्वजनिक बिदामा पनि कार्यालय खोल्ने सरकारको निर्णय

- फाल्गुन १२, २०७९ मा प्रकाशित



इटहरी । सरकारले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यकका सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

 ती मन्त्रीका अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । सरकारले अत्यावश्यकका कार्यालय कुन कुन हुन भनेर सूची समेत तयार गर्ने निर्णय गरेको छ । 

Comments

सम्बन्धित खवर