राष्ट्रपति निर्वाचन : आज मतदाता नामावली प्रकाशन गरिँदै
- फाल्गुन १०, २०७९ मा प्रकाशित
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज (बुधबार) मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको हो । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार नामावली प्रकाशन गर्नेछ ।
आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ । बुधबार नै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर निवेदन तथा उजुरी दिन सकिने छ । त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिने छ । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिने जनाइएको छ ।
उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।निर्वाचन भने फाल्गुण २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुनेछन् । २०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले २०६८ सालको जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।
राष्ट्रपति निर्वाचनको लागि संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता मत खसाल्न योग्य हुन्छन् । तर, संघीस ससंद अन्तर्गत २७५ सदस्सीय प्रतिनिधि सभामा अहिले २७३ सदस्य मात्रै कायम छन् । राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसदका कुल मतदाताको संख्या ३३२ रहेको निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments