करिश्माको उजुरी पछि पक्राउ परे ‘भाइरल म्यान’ डिल्लीराम खनाल
- फाल्गुन ५, २०७९ मा प्रकाशित
काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन भएको भन्दै साइबर ब्युरोमा निवेदन दिएपछि भाइरल म्यान डिल्लीराम खनाल पक्राउ परेका छन्। करिश्माले खनालविरुद्ध माघ २५ मा साइबर व्यूरोमा उजुरी दिएकी थिइन्। उनकै उजुरीका आधारमा खनाललाई बिहीबार पक्राउ गरिएको हो।
उनलाई शुक्रबार जिल्ला अदालत काठमाडौं म्याद थपका लागि लान लागिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए।खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग करिश्माको नाम जोडेर विभिन्न मिडियामा बोलेका थिए।
अघिल्लो शुक्रबारदेखि रिलिज फिल्म ‘ह्यारीकी प्यारी’मा अभिनयसमेत गरेका खनालले लामिछानेसँग करिश्माको नाम जोडेर भ्रमपूर्ण हल्ला फैलाएको आरोप लागेको थियो। साइबर ब्युरोमा निवेदन हालेपछि करिश्माले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘उहाँ को हो, यो अत्ति भयो। भैहाल्यो, कलाकारलाई यस्तै भन्छन् भनेर सहें।
साइबर ब्यूरोमा निवेदन हालेकी छु। हेरौं, नेपालको कानुन कत्तिको बलियो छ।’युट्युबमा चर्का कुरा गरेर चर्चामा आइरहने डिल्लीरामले अमेरिकामा रहँदा लामिछानेसँग करिश्मा ‘लिभिङ टुगेदर’मा बसेको दाबी गरेका थिए। करिश्माले आफू हिन्दु भएको र लिभिङ टुगेदरको विचारलाई नै विश्वास नगर्ने व्यक्ति भएको उल्लेख गरेकी छन्।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१पञ्चाङ्ग निर्णायक विकास समिति भन्छ : आज तिहारको कुनै पर्व छैन
-
ताजा कार्तिक १६, २०८१लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
Comments