•  ९ मंसिर २०८१, आईतवार
  •  2:22:46 AM

सांसद चौधरीलाई माफी मिनाहा दिने सरकारको तयारी, राष्ट्रपतिकोमा फाइल

- फाल्गुन ५, २०७९ मा प्रकाशित



काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ ।महान्यायाधिवक्ताको रायसुझावका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषद् हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पठाएको हो । कैद तथा माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार चौधरीको हकमा सरकारले प्रक्रिया अघि बढाएको हो । स्रोतका अनुसार राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफी मिनाहा गर्दैछ ।सांसद चौधरीमाथि एमालेका नेता महादेव बजगाईको ट्याक्टर आगजनीको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । अदालतको आदेशअनुसार चौधरी केही साता अघि मात्रै पक्राउ परेका थिए ।

Comments

सम्बन्धित खवर