•  १६ कार्तिक २०८१, शुक्रबार
  •  9:17:22 AM

अनेरास्ववियु महाधिवेशन : चार स्थायी समिति सदस्यसहित ३९ कार्यसमिति सदस्य निर्विरोध

- फाल्गुन ४, २०७९ मा प्रकाशित



काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको चार स्थायी समिति सदस्यसहित ३९ कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् ।अनेरास्ववियुको २३ औं महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ । निर्विरोध हुने स्थायी समिति सदस्यमा ललित नारायण रजक (मधेश), समिम खाँ (मधेश), किरण कुमारी कापर (मधेश) र सुनिता थापा (वागमती) रहेका छन् ।

 त्यस्तै केन्द्रीय कार्यसमितिमा ३५ जना निर्विरोध चयन भएका छन् ।चयन हुनेमा जलसा कुमारी बुढा (एकता), सविता थापा (मधेश), पुजा सुनुवार (उत्पीडित), पुष्पा कुमारी धामी (आदवासी), सृष्टि रानामगर (आदिवासी), कल्पना तिमल्सिना (सुदूरपश्चिम), राधा बोहोरा (सुदूरपश्चिम), भूमिकाकुमारी कुँवर (सुदूरपश्चिम) रहेका छन् ।त्यस्तै, नपुरा कुमारी शाही (सुदूरपश्चिम), एलिसा डिसी (कर्णाली), गीता राना (कर्णाली), प्रतिमा खड्का (कर्णाली), अनिता पौडेल (गण्डकी), प्रमिला खड्का (गण्डकी), शोभिना सुवेदी (अनु) (गण्डकी), सावित्रा खत्री (गण्डकी) पनि केन्द्रीय कार्यसमितिमा चयन भएका छन् ।

समितिमा चयन हुने अन्यमा आङलामु शेर्पा पार्वती दाहाल, रचना सपाकोटा, सरस्वती थापा, अनुपा लामिछान, मनिषाकुमारी साह, रेणु पोखरेल कायरा, लक्ष्मी तिमल्सिना, मधेश प्रदेश खुला, मनिष प्याकुरेल, मुखर्जी प्रसाद यादव, रियाज अन्सारी, विवश सापकोटा, सत्यन्द्र यादव रहेका छन् ।

त्यस्तै, सुभास यादव, इन्दिरा खतिवडा, कृतिज्ञा गौतम, झरना थापा र दिपा चेम्जोङ र रेखा न्यौपाने पनि केन्द्रीय कार्यसमितिमा चयन भएका छन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भइसकेको छ । अनेरास्ववियुको जम्मा कार्यसमिति १९९ जनाको छ ।

अध्यक्ष र महासचिवमा पाँच-पाँच जनाको उम्मेदवारी

एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको १७ पदाधिकारीमा मात्रै एक सय जना हाराहारीमा उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन् ।

अनेरास्ववियुको एक पदका अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन र समिक बडालले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन कमिटीले बिहीबार बिहान उम्मेदवारहरुको अन्तिम नामावाली सार्वजनिक गरेको छ ।

जसमा चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा उत्रेका छन् । यसैगरी महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् । १० सचिव पदका लागि लागि ६१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवारी दिएका छन् । बिहान ८ बजेबाट मतदान हुने भनिएपनि अध्यक्ष लगायतका पदमा सहमति जुटाउन नेताहरु लागि परेकाले मतदान सुरु हुन ढिला भएको छ ।

Comments

सम्बन्धित खवर