गोंगबुमा तोडफोड र लुटपाट गर्ने थप १२ जना पक्राउ
- फाल्गुन ४, २०७९ मा प्रकाशित
काठमाडौँ । गोंगबुमा तोडफोड र लुटपाट गर्ने थप १२ जनलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले बताए ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु र महाराजगञ्ज पठाइएको उनले बताए ।गत सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्ड तोडफोड तथा आगजनी गरेको आरोपमा यसअघि ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
योसहित हालसम्म उक्त घटनामा संलग्न १८ जना पक्राउ परिसकेका छन् ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी मसाउद आलम खाँको नेतृत्वमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालसहितको सहभागितामा छानबिन समिति गठन भएको छ । प्रहरी प्रवक्ता डीआईजी पोशराज पोखरेलका अनुसार एक साताभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१पञ्चाङ्ग निर्णायक विकास समिति भन्छ : आज तिहारको कुनै पर्व छैन
-
ताजा कार्तिक १६, २०८१लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १,६०२ मेगावाट, २५३ मेगावाट भारत निर्यात
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
Comments