•  ७ मंसिर २०८१, शुक्रबार
  •  5:03:41 AM

सार्वजनिक शौचालय माथी पत्रकार सम्मेलन : बिराटचौकमा १५ दिने महोत्सव

- फाल्गुन ३, २०७९ मा प्रकाशित



 इटहरी । प्रदेश एकमै पहिलो पटक सार्वजनिक शौचालय माथी पत्रकार सम्मेलनको आयोजना गरिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालीका स्थित बिराटचौकमा निर्माण गरिएको सार्वजनिक शौचालयमाथी मंगलबार पत्रकार सम्मेलन गरिएको हो ।

बिराटचौक महोत्सवबारे जानकारी गराउने उद्येश्य सहित मंगलबार झरना युवा क्लबले सार्वजनिक शौचालय माथी पत्रकार सम्मेलन गरेको हो । यसै बिच मोरङको बिराटचौकमा आगामी फागुन ७ गते देखि २१ गते सम्म बिराटचौक महोत्सव लाग्ने भएको छ । महोत्सवको मुख्य प्रायोजकमा पिएलऔ ल्युब आयलले रहेको छ भने प्रायोजक प्रायोजक प्रणाम इट्टा , आर एन जी ग्रुप बिराटचौक रहेका छन ।

त्यस्तै महोत्सवको सह प्रायोजक श्री जिएन कंक्रिट उद्योग, एनी नेपाल क्लोथिङ ब्राण्ड , प्रिन्स इटा प्राली लगायत अन्य रहेका छन । महोत्सवलाइ सुन्दरहरैंचा नगरपालिकाले प्रर्वदन गरेको छ । १५ दिन सम्म लाग्ने महोत्सवमा करीब १ लाख आन्तरिक पर्यटकहरू भित्रिने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय कलाकारहरू संगै राष्ट्रिय स्तरमा ख्याती कमाएका चर्चित कलाकारहरूको पनि प्रस्तुती रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।

चर्चित गायक , प्रमोद खरेल , कमल खत्री , प्रकास सपुत , नबिन के भट्टराइ , मन्त्र ब्यान्ड , गायीका एलीना चौहान , प्रिती आले , मेलीना राइ ,हास्य कलाकार मनोज गजुरेल लगायतको प्रस्तुती रहने आयोजक झरना युवा क्लबका अध्यक्ष प्रल्हाद पाठकले बताए ।

महोत्सवमा कुल १ करोड ६ लाख खर्च हुने जनाइएको छ । महोत्सवमा ५० वटा स्टलहरू रहने जानकारी गगराइएको छ । कोरोना कालपछि सुन्दरहरैंचामा पहिलो पटक आयोजना हुन लागेको बिराटचौक महोत्सलाइ भब्य र सब्य बनाउन बिभिन्न उपसमितीहरू निर्माण गरी काम अघि बढाइएको महोत्सव आयोजक समिती संयोजक भविन पाण्डेले बताए । स्थानिय स्तरमा उत्पादन भएका खाद्यन्न तथा लताकपडा एवम उपयोगि सामग्रीहरूको प्रवर्दन गर्ने र सुन्दरहरैंचामा रहेका पर्यटकिय क्षेत्रहरूको वर्णण गर्ने उद्येश्य सहित उक्त महोत्सव आयोजना गर्न लागिएको समितिका संयोजक पाण्डेले बताए ।

महोत्सवभित्र खाद्यन्न , लताकपडा , अटोमोबाइल , इलेक्ट्रोनिक आइटम , खेलकुद सामग्री , साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुहरूको प्रदर्शनी , जातिय पहिचान सहितका सामग्रीहरू राखिने छ । स्थानिय सरकार देखि प्रदेश र संघिय सरकार सम्मको ध्यान केन्द्रित गराइ सुन्दरहरैंचालाइ देशभित्रकै नमुना पर्यटकिय क्षेत्र बनाउन र नगर क्षेत्रमा रहेका पर्यटकिय स्थलहरूसंगै धार्मिकस्थलहरूको पनि प्रवर्दन गर्न यो महोत्सव आयोजना गर्न लागिएको आयोजक झर्ना युवा क्लबका अध्यक्ष प्रल्हाद पाठकले बताए ।

Comments

सम्बन्धित खवर