इटहरीलाई अपराधमुक्त बनाउछु : डिएसपी काफ्ले , सञ्चारकर्मीले पनि दिए यस्ता सुझाव
- माघ २७, २०७९ मा प्रकाशित
इटहरी । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट काज सरूवा भइ इटहरी आएका नयाँँ कार्यालय प्रमुख तथा प्रहरी नायव उपरिक्षक ९ डिएसपी ०माधव प्रशाद काफ्लेले शान्ती सुरक्षा स्थापना गर्न आफु सदैव तत्पर रहने बताएका छन । शुक्रबार सञ्चारकर्मीहरूसंग भलाकुसारी गर्दै डिएसपी काफ्लेले इटहरीलाइ अपराधमुक्त बनाउन तहगत सुरक्षा समिती निर्माण गरी परिचालन गरिने बताए ।
इटहरी आएको २४ घण्टामै शहरका मुख्य बेतिथीहरू बुझेको र नियन्त्रण गर्ने तर्फ आफु र सिंगो टिम तत्पर रहेको बताए । शहरमा बढदो चोरी , गुण्डागर्दि र लागुऔषध बिक्रिबितरण नियन्त्रण तर्फ बिभिन्न योजनाहरू बनाउर अघि बढने उनको तर्क छ । बिहीबार कार्यभार सम्हालेका इलाका प्रहरी कार्यालय इटहरीका नयाँ प्रहरी प्रमुख डिएसपी काफ्लेले इटहरिका सञ्चारकर्मीहरूसंग समन्वय गरेरै अघि बढने पनि बताए ।
इटहरीका सञ्चारकर्मीहरूले उनलाइ अपराध नियन्त्रण गर्दा कुनै पनि राजनीतिक दबाबमा नपरी निस्पक्ष ढंगले कानुनको पालना गर्नुपर्ने सुझाव दिए । इटहरीका अग्रज सञ्चारकर्मी सालिगराम पाण्डेले प्रहरीले घटना जे हो त्यसैमा आधरित रहेर मुद्धा चलाइनुपर्ने सुझाव दिए ।कतिपय घटनाहरूमा प्रहरीले मुद्धा बंग्याएर लैजाने गर्दा केहि नागरिकहरू अफ्ठेरोमा पर्ने गरेको सुझाव राखे ।
त्यस्तै सञ्चारकर्मी सन्तोस यादवले इटहरीमा पछिल्लो समय केरेमबोर्ड राखेर , लुडो खेलाएर केहि चिया पशलेहरूले जुवा जन्य कारोबार गरिरहेको र त्यसलाइ नियन्त्रण गर्न सुझाव दिए । त्यस्तै सञ्चारकर्मी तथा प्रेस चौतारी नेपालकि सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलले होटल लाइनमा काम गर्ने बालबालिकाहरू मालिकबाटै दुर्व्यवहारमा पर्ने गरेको र अन्त्यमा सडकमा वेवारिसे हुनुपरेकोले त्यस तर्फ ध्यान दिन अनुरोध गरिन । सबै सञ्चारकर्मीको सुझावलाइ मध्यनजर गर्दै शहरलाइ सभ्य र अपराध रहित बनाउन आफु लगायत सिंगो टिम तत्पर रहने डिएसपी काफ्लले प्रतिवद्धता ब्यक्त गरे ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments