आफ्ना सात सांसदसँगको फोटो राख्दै रञ्जिताले भनिन्, ‘आत्मसमर्पण गर्दैनौं’
- माघ २६, २०७९ मा प्रकाशित
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टी अडानबाट पछि हटेर आत्मसमर्पण नगर्ने बताएकी छन् ।सदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन कारागारमा रहेका रेशम चौधरीलगायतलाई छाड्नु पर्ने शर्त नागरिक उन्मुक्ति पार्टीले राख्दै आएको छ ।
आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने अन्तिम दिन हो । मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित हिजैका लागि तय गरिएको प्रदेशसभा बैठक आजलाई सारिएको छ । रावल नेतृत्वमा सरकार बनेको आज एक महिना पुगेको छ ।
आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाए एमाले नेतृत्वको प्रदेश सरकार ढल्छ । उनलाई मनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधाबार साँझ वार्ता गरेको थिए । तर, सफल भएन । मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले आफ्ना पार्टीका सात सांसदको फोटो फेसबुकमा राख्दै लेखेकी छन्, ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालोतिर लाग्छ ।’
विद्रोह गर्ने आफूहरूको माग नभइ मुलुक समृद्धिका लागि मानुपातिक सहभागिता लक्ष्य भएको उल्लेख गरेकी छन् । ‘हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा दह«ो पिल्लर छ, भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुई–चार घन दुस्साहस मात्रै हो’ उनले भनेकी छन्, ‘भलो यसैमा छ, मुलुकीय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है ?? श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन ।’
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments