भारतमाथि शानदार जित निकाल्दै नेपाल फाइनलमा
- माघ २५, २०७९ मा प्रकाशित
इटहरी । नेपाली महिला टोली बंगलादेशमा जारी साफ यू– २० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतमाथि ३–१ को शानदार पुनरागमन जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको लिग चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा तीन गोल गरेको थियो ।
खेलको २१औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । खेलको ४७ औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गरिन् । कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत नेपालका लागि दोस्रो गोल गरिन् । अग्रतापछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३– १ को जित दिलाइन् ।
पहिलो खेलमा बंगलादेशसँग ३– १ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४– ० ले पराजित गरेको थियो । भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्यो ।
नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments