•  ७ मंसिर २०८१, शुक्रबार
  •  4:45:36 AM

फेरी बढ्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य : कुनमा कति पुग्यो?

- माघ २४, २०७९ मा प्रकाशित



इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य बढाएको हो। इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले भाउ बढाएको हो। यसअघि भारतबाट मूल्य घटेर आउँदा भने समायोजन भएको थिएन। 

निगमले पेट्रोल डिजेल र मट्टीतेलको मूल्य बढाएको हो। साविकको मूल्यमा सबैमा ३ रुपैयाँ मूल्य बढाइएको छ। अब पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टीतेल १७५ रुपैयाँ पुगेको छ। 

Comments

सम्बन्धित खवर