राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, माओवादी केन्द्रकी अर्याल निर्विरोध विजयी हुँदै
- माघ २३, २०७९ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज (सोमबार) हुँदैछ । राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालकोमात्र प्रस्ताव दर्ता भएकाले उपाध्यक्षमा अर्याल निर्विरोध हुनेछिन् । उम्मेदवारी मनोनयनको दिन कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेपछि अर्याल निर्विरोध हुने भएकी हुन् ।
अर्याल प्रस्तावकमा माओवादी नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा छन्। राष्ट्रियसभाको सोमबार बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गर्नुपर्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने विषय समेटिएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले उक्त पदमा उम्मेदवार खडा नगर्ने निर्णय गरेको थियो । त्यसअघि संघीय संसद्मा रहेका विपक्षी दलहरूका नेताहरूसँगको छलफलमा उम्मेदवारी नदिने सल्लाह भएको कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले प्रेस विज्ञप्तिमा जनाएका छन् । राष्ट्रपति चुनावलाई लक्षित गरेर कांग्रेसले माओवादीलाई साथ दिँदै आएको छ ।
लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि उक्त पद रिक्त छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments