प्रदेश १ सरकारको विकास खर्चको प्रगति १९.२७ प्रतिशत
- माघ २१, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ सरकारको विकास खर्चको प्रगति १९.२७ प्रतिशत मात्र छ । अन्य प्रदेशको तुलनामा भने यो धेरै खर्च हो । कर्णालीले त ९.०८ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । सातवटा प्रदेशमा सबैभन्दा कम खर्च कर्णालीमै भएको हो ।
त्यस्तै, मधेसले १०.३०, बागमतीले १०.४६, सुदूरपश्चिमले ११.०८, लुम्बिनीले १४.८२ र गण्डकीले १६.२९ प्रतिशत विकास खर्च गरेका छन् । प्रदेश १ ले यही अवधिमा चालू खर्च भने ३२.६ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालू आवका लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको छ ।
जसमध्ये पुँजीगत खर्च २२ अर्ब ९९ करोड ९४ लाख र चालू खर्च १६ अर्ब ७३ करोड ८९ लाख छ । अहिलेसम्म पुँजीगततर्फ चार अर्ब ४३ करोड १६ लाख चालूतर्फ पाँच अर्ब ४५ करोड ६७ लाख खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
यसपटक चुनावका वेला कम खर्च भएको आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ रहेको छ । सबैको ध्यान चुनावतिर गएकाले ८–१० प्रतिशत कम भएको उनले बताए ।
आर्थिक वर्षको पहिलो ६ महिनामा बजेट कम खर्च हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीले दाबी गरे । पहिलो त्रैमासिकमा टेन्डर डकुमेन्ट तयारी र अख्तियारी प्रदानको समस्याका कारणले ढिलो हुने र दोस्रो त्रैमासिकदेखि कार्यान्वयन पनि सुरु हुने भएकाले बाँकी अवधिमा द्रुत गतिमा काम हुने उनको दावी रहेको छ ।
प्रदेश १ सरकारले ६ वटा बजेट ल्याइसकेको छ । त्यसमध्ये सबैभन्दा धेरै गत आर्थिक वर्ष ०७८/७९ मा पुँजीगततर्फ खर्च भएको देखिन्छ । सो आर्थिक वर्षको कुल बजेट ३४ अर्ब ७६ करोड सात लाखमध्ये पुँजीगततर्फ १८ अर्ब ७६ करोड १९ लाख बजेट थियो भने १५ अर्ब ९६ करोड ९० लाख बजेट चालू खर्चतर्फ थियो ।
जसमध्ये पुँजीगततर्फ ८९.७५ अर्थात् १६ अर्ब ८३ करोड ९२ लाख बजेट खर्च भएको आर्थिक योजना मन्त्रालयले जनाएको छ । चालूतर्फ ८२.२ अर्थात् १३ अर्ब १२ करोड ७२ लाख बजेट खर्च भएको थियो । प्रदेश १ सरकारले सबैभन्दा कम पुँजीगत खर्च पहिलो बजेटमा गरेको थियो । आर्थिक वर्ष ०७४/७५ मा चालू खर्च ७८ प्रतिशत हुँदा पुँजीगततर्फ ४० प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments