•  ७ मंसिर २०८१, शुक्रबार
  •  5:22:01 AM

इटहरीमा १६ कराेडकाे तीनतले सुविधा सम्पन्न बसपार्क निर्माण हुने

- माघ १९, २०७९ मा प्रकाशित



इटहरी । इटहरीमा तीन तले बसपार्क निर्माण हुने भएको छ ।आधुनिक बसपार्क निर्माणका लागी सम्भौता समेत गरीएको छ । १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता गरीएको हो ।

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले इटहरी बसपार्क निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरको ३० प्रतिशत लगानी रहनेछ । बसपार्क निर्माण १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बसपार्क ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिकाले जनाएको छ । इ

टहरीका मेयर पौडेलले इटहरी भएर नै पूर्व–पश्चिम र उत्तर–दक्षिण चल्ने सवारीसाधन गुड्ने हुनाले अरु शहरभन्दा सवारीसाधनको चाप बढी हुने क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताए ।

Comments

सम्बन्धित खवर