सुनसरीका सिचाइ आयोजनाहरूमा मन्त्री मेन्याङ्बो सहितको टोलीद्वारा अनुगमन
- माघ १३, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको विभिन्न क्षेत्रमा रहेका आधा दर्जन बढी सिचाइ आयोजनाहरूको कार्यालय तथा नहरहरूको अनुगमन गरिएको छ । प्रदेश एक खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री तिलक कुमार मेन्याङबाे सहितको टोलीले सुनसरीको बर्जू , देवानगञ्ज , खनार लगायतका सिचाइ आयोजनाबारे अनुगमन सहित जानकारी लिएका थिए ।
अनुगमनमा हाल चलायमान अवस्थामा रहेका आयोजनाहरूको वर्तमान अवस्था , देखिएका समस्या तथा चुनौती , कार्ययाेजनाबारे चर्चा गरिएको थियो । मन्त्री मेन्याङबाे सँग सिचाइ आयोजनाका कार्यालय प्रमुखहरूले नहरको डिलमा अब्यवस्थित बसाेबास कायम रहेकाले काम गर्न चुनाैति रहेकाे र संघिय सरकारबाट बिनियाेजित बजेट अपुग भएकाे , आयाेजना सम्बन्धी प्राविधिक सामग्री अपुग रहेकाे जस्ता समस्याहरू सुनाएका थिए ।
कार्यालय प्रमुखहरूको गुनासो सम्बोधन गर्दै मन्त्री मेन्याङबाेले सुनसरी कृषिको पकेट क्षेत्र भएकाे कारण आयोजनालाई सुदृढ र क्रियाशील बनाउन प्रदेश सरकार कटिबद्ध भएर लागिपर्ने बताए । उनले कृषकहरूको समस्यालाई मध्यनजर गर्दै नहर र आयोजनाहरूलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments