जन्मघर भाेजपुरमा राष्ट्रपति भण्डारीकाे एक दिन (फाेटाे फिचर )
- मंसिर २९, २०७९ मा प्रकाशित
भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार (२८ मंसिर) भोजपुर पुगेकी छिन् । गृह जिल्ला भोजपुरमा निर्माण भएको बहुप्राविधिक शिक्षालयको उद्घाटनका लागि भण्डारी बुधबार भोजपुर पुगेकी हुन् । रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्याङको आमबोटेमा निर्माण भएको उक्त शिक्षालय राष्ट्रपति भण्डारीको पहलमा बनेको हो ।
शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र परिवारका अन्य सदस्यले १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। राष्ट्रपति भण्डारीले बुबा–आमाको नाममा शिक्षालय स्थापना गर्नका लागि पहल गरेकी हुन् । श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय नामाकरण भएको उक्त शिक्षालय स्थापना भएसँगै प्राविधिक क्षेत्रका विद्यार्थीका लागि सहज हुने उनले विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले आफ्नो जन्मगाउँसाथै जन्मघर पनि निरिक्षण गरेकी थिइन् । भण्डारीको जन्म २०१८ साल असार ५ गते मानेभन्ज्याङमा भएको थियो । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments