सुचनालाइ नटेरेपछि इनरूवामा चल्याे ड्राेजर : भत्काइयाे अतिक्रमित घर टहरा
- मंसिर २०, २०७९ मा प्रकाशित
इटहरी । पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै सुनसरीको इनरुवा नगरपालिकाको कार्यालयले मंगलबारबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ ।नगरपालिकाले जारी गरेको ३५ दिने र अन्तिम पटकको ३ दिने सूचनालाई पनि वेवास्ता भएपछि नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम डोजर लिएर सडकमा निस्किएको हो ।
मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन्। व्यापारी र केही स्थानीयको अवरोधबीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ।
नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ। सडकपेटी खाली गराउन पुगेका नगर प्रमुख भण्डारीले पटक–पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्सनमा उत्रनुपरेको बताए।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments