ओखलढुङ्गामा धान र कोदोको उत्पादन बढ्यो
- मंसिर २०, २०७९ मा प्रकाशित
ओखलढुंगा । पहाडी जिल्ला ओखलढुंगामा गत वर्षको तुलनामा धान र कोदोको उत्पादन बढेको छ । ओखलढुंगामा अघिल्लो वर्षको तुलनामा ४४० मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
यो वर्ष १३ हजार २५३ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र, ओखलढुङ्गाको तथ्यांकअनुसार गत वर्ष ओलखढुंगामा १२ हजार ८१३ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका कृषि विज्ञ गणेश अधिकारीले जानकारी दिए ।समयमै वर्षा भएका कारण रोपाइँ पनि समयमै भएको र रोग कीराको प्रकोप यस वर्ष कम भएकाले धान उत्पादनमा वृद्धि भएको कृषि अर्थ विज्ञ अधिकारीले जानकारी दिए ।
गत वर्ष धान भित्र्याउने समयमा बेमौसमी असिना पानी परेर बालीमा क्षति पुगेको थियो । जिल्लामा चार हजार ४०३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जिल्लाको रामपुरटार, सिल्खुबेँसी, कुइभिरटार, बलखुवेँसीलगायत सुनकोशी, दूधकोशी, लिखु नदी र मोलुङ खोला आसपासको क्षेत्रमा मुख्य गरी धान खेती गरिन्छ ।
यसका साथै ओखलढुंगामा यस वर्ष १९ हजार ३७७ मेट्रिक टन कोदो उत्पादन भएको छ । गत वर्ष भन्दा यस वर्ष कोदोको पनि उत्पादन बढेको अधिकारीले बताए । जिल्लामा सात हजार ७५१ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments