•  ९ मंसिर २०८१, आईतवार
  •  1:46:07 AM

इटहरीका मेयर हेमकर्णलाइ सञ्चारकर्मीहरूकाे सुझाव : पार्किङ ब्यवस्थापन देखि सञ्चारकाे बजेट बढाउन अनुराेध

- मंसिर १९, २०७९ मा प्रकाशित



इटहरी । इटहरी उपमहानगरले सोमबार सञ्चारकर्मीहरूसंग साझा अन्तरकृिया कार्यक्रम सम्पन्न गरेको छ । इटहरीमा रहेका सञ्चारगृह र कार्यरत कृियाशिल सञ्चारकर्मीहरूसंग भेटघाट र अन्तरकृिया सम्पन्न गरेको हो । शहरको मुख्य समस्याहरूमा केन्द्रित रहि अब बन्ने भावि योजना र दिर्घकालिन शोच बारे सञ्चारकर्मीहरूसंग अन्तरकृिया गरिएको हो ।

कार्यक्रमहरूमा स्थानिय निर्वाचन पश्चात जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको ६ महिना बितिसक्दा भएका उपलब्धीहरू इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले क्रमश ब्यक्त गरेका थिए । इटहरी मुख्य चौकको शौन्दर्यकरण , ट्राफिक लाइट जडानमा खेलिएको भुमीका , पार्कीङ व्यवस्थापन , उउपमहानगर भित्रको कर्मचारी संयन्त्र ब्यवस्थापन , भौतिक संरचना निर्माण जस्ता उपलब्धीहरू मेयर पौडेलले ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले इटहरी क्षेत्रबाट सञ्चालित सञ्चारगृह रेडियो , पत्रपत्रिका तथा अनलाइनहरूकालागि बिनियोजित बजेट निकै न्युन रहेको उल्लेख गरेका थिए । वरिष्ठ सञ्चारकर्मी सुविद गुरागाइले उपमहानगर सञ्चारमैत्री भएको बताएपनि काम परेको बेला प्रमुखले फोन रिसिभ नगर्ने , पत्रकारलाइ बेवास्ता गर्ने गुनासो पोखेका थिए त्यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले महासंघको भवन निर्माण प्रति रातो किताबमा उल्लेख गरेपनि बजेट बिनियोजन नगरेको गुनासो पोखे , इटहरीका कृयाशिल सञ्चारकर्मी बाबुराम सुवेदीले बिगतका जनप्रतिनिधिले सञ्चारको क्षेत्रमा छुट्याइएको बजेट अहिले कटौती भएको प्रति चिन्ता ब्यक्त गर्दै यथाशिघ्र बजेट छुट्याउन अनुरोध पनि गरे ,त्यस्तै पर्यटन क्षेत्रमा कलम चलाउदै आएका कृयाशिल सञ्चारकर्मीले उपमहानगर आफैले नियम बिपरित कर्मचारी र स्वकियहरू नियुक्ती गरीएको र पार्किघ ब्यवस्थापनको नाममा मनपरि भएको प्रति प्रश्न उठाएका थिए ।

कार्क्रममा उपस्थित अन्य सञ्चारकर्मिहरूले पनि बिभिन्न समस्याहरू उठान गरेका थिए । सिटि सफारी ब्यवस्थापन जटिलबन्दै गएको प्रति ध्यानाकर्षण गराएका थिए भने बजार व्यवस्थापनप्रति पनि चासो राख्न मेयरलाइ सुझाव दिएका थिए । सबै पत्रकारहरूको गुनासो सुनिसकेपछि जवफमा मेयर हेमकर्ण पौडेलले पालै पालो जवाफ दिएका थिए । मेयर पौडेलले सञ्चार जगतकालागि के गर्न सकिन्छ हेरेर छलफल गरेर कार्यक्रमहरू ल्याइने बताए ।

त्यस्तै इटहरीमा मुख्य समस्याको रूपमा लिइएको सिटिसफारी ब्यवस्थापन प्रति चासो राख्दै समस्या सामधान प्रति सदैव तत्पर रहेको पनि बताए । अन्तरकृिया कार्यक्रममा इटहरीका ३० भन्दा बढी कृियाशिल सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।

Comments

सम्बन्धित खवर