अपांगता भएका तामाङ परिवारलाइ इटहरी उपमहानगरद्वारा आर्थिक सहयोग
- मंसिर १९, २०७९ मा प्रकाशित
इटहरी । लैङ्गिक हिसां विरुद्दको १६ दिने अभियानको नवौ दिन इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इटहरी २ स्थित लक्ष्मण तामाङ्गको परीवारलाई जीवन निर्वाहको निम्ति आर्थिक सहयोग गरीएको हो ।
अपाङ्गता भएका एकै परिवारका ३ जना सद्स्यहरुलाई शनिवार निवासमै पुगेर इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीले नगद रु १ लाख रुपैया हस्तान्तरण गरेकी छिन् । नगद हस्तान्तरण गर्दै उपमेयर चौधरीले स्वास्थ्यलाभको कामना समेत गरेकी थिईन् ।
नगर अपाङ्ग सञ्जाल इटहरी,स्पाईनल इन्जुरी संघ र जे.ना अपाङ्ग संघ सगको सहकार्यमा इटहरी उपमहानगरपालीकाले आर्थिक सहयोग गरेको सामाजिक शाखा प्रमुख भोजकला दावडिले बताईन् ।इटहरी २ स्थित लक्ष्मण तामाङ्गको ३ जना छोराछोरी अपाङ्ग रहेको र आर्थिक अबस्था समेत कमजोर रहेको छ । सो -कारण दैनिक गुजरा गर्न नै समस्या हुँदै आएको तामाङ्गले बताएका छन् ।
लैङ्गीक हिसां विरद्दको १६ दिवसिय अभियान अन्तरगत इटहरी उपमहानगरपालीकाले विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।मंसिर ९ गते विभीन्न कार्यक्रम गर्दै इटहरी उपमहानगरपालीकामा प्राङ्गणमा अन्तर्राष्ट्रिय महिला हिसां अन्त्य दिवसको दिन उद्घाटन गरीएको अभियान १६ दिन सम्म चल्ने छ ।यस वर्षको अन्तर्राष्ट्रिय नारा र राष्ट्रिय नारा सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियानू रहेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments