उर्लाबारीको क्याफेमा दुई समूहबीच झडप, तीन घाइते : एमाले उपाध्यक्ष सहित तीन पक्राउ
- मंसिर ३, २०७९ मा प्रकाशित
बिराटचाैक । मोरङको उर्लाबारी रहेको तरल क्याफेमा दुई समूहबीच झडप भएको छ । शुक्रबार साँझ दुई समूहबीच झडप भएको हो । झडपमा एक जना गम्भिर घाइते भएका छन् । २ जना सामान्य घाइते छन् ।
उर्लाबारी–६ स्थित तरल क्याफेमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा समूहबीच झडप भएको थियो । कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार झडपमा उर्लाबारी—४ का गौतम तामाङ गम्भीर घाइते छन् । उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्रेष्ठ छन् । उनीहरुको अवस्था सामान्य छ । थापा,चौहान र श्रेष्ठ बसिरहेको समयमा लिम्बूको समूह आएर उनीहरुमाथि धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नको भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी–५ का आशाङ लिम्बु र उर्लाबारी–६ का रजत थापालाई पक्राउ गरेको छ । पुराना रिसिईबीलाई लिएर लिम्बूको समूहले थापालाई आक्रमण गरेको देखिएको प्रहरीले बताएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments