बिराटनगर महानगरकाे उदघाेष : उत्कृस्ट लाेगाे बनाउनेलाइ एकलाख पुरस्कार
- कार्तिक २९, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा कात्तिक ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ ।
इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनौट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
छनौटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगदले पुरस्कृत गरिनेछ । छनौट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सोमबारको गोरखापत्र दैनिकमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments