पथरी शनिश्चरेमा पाहुना आएका भाञ्जाले गरे मामाकाे हत्या
- कार्तिक २९, २०७९ मा प्रकाशित
इटहरी । मोरङ्गको पथरी शनिश्चरे -१० घर भएका ४२ बर्षिय काजी महराको उर्लावारी स्थित आफ्नै दिदिको घर पाहुना गएका हत्या भएको छ ।दिदी घर गएका महराको आफ्नै २२ बर्षे भान्जा सुजन पाचकोटीले धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् । मृतक महराको टाउकोमा गहिरो चोट लागेको थियो ।
मोरङ उर्लाबारी – ८ बस्ने २२ वर्षे भान्जा सुजन पाचकोटीले घरायसी वादविवादको क्रममा धारिलो हतियार (दाउ) ले मामा महराको टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। घाईते भएका महराको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यू भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सुजन पाचकोटीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments