•  १० मंसिर २०८१, सोमबार
  •  6:25:59 AM

प्रदेश १ का मन्त्री तथा उम्मेद्वार शेखरचन्द्र थापाको निधन :   चुनाव नसर्ने , नयाँ मनोनयन प्रक्रिया सुरु

- कार्तिक २३, २०७९ मा प्रकाशित



इटहरी । मोरङ क्षेत्र नम्बर ३ ९१० को प्रदेशसभाका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ । नोबेल अस्पतालमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए ।

नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो । उनको निधन भएसँगै मोरङ क्षेत्र नम्बर ३ ९१० प्रदेशसभाको निर्वाचन स्थगित हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका थिए ।असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा नै उनी बिरामी थिए।

भोलिपल्ट असोज २४ गते उपचारकालागि नोबेल अस्पताल भर्ना भएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । उक्त अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले बताए ।थापालाई क्याप्सिका निमोनिया भएको थियो । उनलाई दुई दिन अगाडि बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो ।

५८ वर्षीय थापाको श्रीमती लक्ष्मी कार्की र छोरा सुलभ थापा छन् । २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थिए । उनलाई सो क्षेत्रमा सादगी र आदर्शवान नेताको रुपमा सर्वसाधरणले लिने गर्दछन् ।२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालिन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए ।

०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट आएका सांसद बनेका थिए । प्रत्यक्ष निर्वाचन लडेर चुनाव जित्ने उनको इच्छा थियो । सोही अनुसार यसपटक मोरङ ३ ९क०बाट उम्मेद्वारी दिएका थापाको इच्छा भने पूरा हुन सकेन ।यसैबिच मोरङ क्षेत्र नं। ३ ९१० का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन नसर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने उनले बताए ।उनले भने, ‘अब सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउँछ ।

’पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल नहुने उनले स्पष्ट पारे । नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।

Comments

सम्बन्धित खवर