•  १० मंसिर २०८१, सोमबार
  •  6:25:55 AM

बेलबारी गोल्डकप : एपीएफ फाइनलमा,आयोजक बाहिरियो

- कार्तिक २२, २०७९ मा प्रकाशित



इटहरी । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।   आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा विभागीय टिम  एपीएफले २–१ गोल अन्तरले जित हासिल गरेको थियो ।  

फाइनल भीडन्त पक्का गरेको उसले उपाधिका लागि धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा मंगलबार राजारानी र सहलेसबीच प्रतिस्पर्धा हुने छ ।

घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपीएफले दुवै गोल मध्यान्तरपछि गरेको हो । कप्तान टोप विष्ट र नवीन लामाले   एपीएफका लागि गोल गरेका थिए । आशिम राईले सान्त्वना गोल गरे । 

संघर्षपूर्ण खेलको ४९ औँ मिनेटमा टोप विष्टको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । खेलको ६५ औँ मिनेटमा नवीन लामाले अर्को गोल गरे । आयोजकका काशिम राईले खेलको ७२ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । पहिलो सेमिफाइनल खेलको म्यान अफ दी म्याच एपीएफका कप्तान टोप विष्ट घोषित भए ।

Comments

सम्बन्धित खवर