•  ९ मंसिर २०८१, आईतवार
  •  2:46:09 AM

बडादशैंको आज  दोस्रो दिन,ब्रम्हचारिणी माताको पूजा गरि मनाइदै

- आश्विन ११, २०७९ मा प्रकाशित



काठमाडाैं । नेपालीहरूको महान पर्व बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी माताको पूजा हुँदै छ । बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने प्रचलन छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । बडादशैंमा देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको भीड छ । 

Comments

सम्बन्धित खवर