•  ९ मंसिर २०८१, आईतवार
  •  2:24:50 AM

लेटाङमा फुटबल हेर्न गएका तीन बालिका सम्पर्कविहीन

- भाद्र २६, २०७९ मा प्रकाशित



इटहरी । मोरङको लेटाङमा फुटबल हेर्न गएका तीन बालिका सम्पर्कविहीन भएका छन् ।शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई बेपत्ता भएका हुन् ।

उनीहरु तीनै जना स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छन् ।प्रहरीका अनुसार उनीहरु फुटबल हेर्न जाने भन्दै घरबाट निस्किएका थिए । तर, गाउँमा खेलकुदका कुनै प्रतियोगिता नभएको प्रहरीले बताएको छ ।

उनीहरुको खोजी कार्य तीव्र बनाए पनि फेला पार्न नसकिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । प्रहरीमा ढिलो गरी जानकारी आएकाले खोजिमा समस्या भएको प्रहरीले बताएको छ । आफूहरुले आइतबार बिहान ६ बजेतिर मात्र जानकारी पाएको श्रेष्ठले बताए ।

Comments

सम्बन्धित खवर