हात्तीले आक्रमण गर्दा झापामा बाबुछोरा घाइते
- भाद्र ११, २०७९ मा प्रकाशित
झापा । जंगली हात्तीले आक्रमण गर्दा शनिबार झापामा बुबाछोरा घाइते भएका छन्।घाइते हुनेमा हल्दिबारी गाउँपालिका- २ का ४९ वर्षीय कारसिंह र उनका ५ वर्षीय छोरा नरेन्द्र राजवंशी छन् । नाबालक छोरा बुबा नरेन्द्रसँगै घुम्न घर बाहिर निस्केका थिए।
बिहान करिब साढे ४ तिर मर्निङ वाक निस्केका बुबाछोराको हात्तीसँग जम्काभेट भएको थियो । उनीहरूलाई हात्तीले खेदाएर आक्रमण गरेको झापा प्रहरीले जनाएको छ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरूको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाइएको छ । जलथल जंगलबाट निस्केका हात्तीले एउटा पसलमा समेत क्षति पुर्याएको जनाइएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments