राप्रपाका अध्यक्ष लिङ्देन भन्छन – याे देशमा सरकार छ र ?
- असार ५, २०७९ मा प्रकाशित
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार भएको आभाष हुन नसकेको बताएका छन् । धान रोप्ने धमाधममा समेत सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेपछि उनले त्यस्तो टिप्पणी गरेका हुन् ।
सरकारले मल दिन नसकेपछि किसान सडकमा मल लुट्न जानू पर्ने बाध्यता सिर्जना भएको अध्यक्ष लिङ्देनको भनाइ छ। कृषिप्रधान देशका किसानले सडकमा मल लुत्न जानुलाई दुर्भाग्यपूर्ण भनी चित्रण गरेका छन् ।
अध्यक्ष लिङ्देनले तस्करले मल ल्याउँदा सरकारले नसक्नु नालायकी भएको बताए । ” तस्करले मल ल्याउन सक्ने, सरकारले नसक्ने” अध्यक्ष लिङ्देनले भने,” “कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु पर्ने कस्तो दूर्भाग्य ?” यस्तो बेलामा पनि देशमा सरकार छ भनेर हामीले मानिदिनु पर्ने ? भन्दै सरकारप्रति उनले कटाक्ष समेत गरे। शनिबार दिउँसो धादिङको धार्के बजारमा किसानले नियन्त्रणमा लिएर दुई ट्रक रासायनिक मल लुटेका थिए। सो घटनाको भोलिपल्ट अध्यक्ष लिङ्देनले सरकारको आलोचना गरेका हुन् ।
मल भारतबाट भन्सार छलेर ल्याएको मल काठमाडौँ लादै गर्दा किसानले लुटेर लगेका हुन् । सो मल तस्करी गरेर ल्याइएको हो। किसानको पीडालाई लिएर अध्यक्ष लिङ्देनले सरकारको कमजोरीमाथि प्रहार गरेका हुन् । सरकारले मल दिन नसकेपछि किसान त्यसै धान रोप्न बाध्य छन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
Comments