देउवा, प्रचण्ड र माधव नेपालबीच गठबन्धनलाई थप प्रभावकारी बनाउने सहमति
- असार ५, २०७९ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पाँच दलीय गठबन्धनलाई जोगाउँदै थप प्रभावकारी बनाउने सहमति भएको छ ।
स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे पाँच दलीय गठबन्धनको बृहत् बैठकमा छलफल हुने भएको छ । आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनलाई थप मजबुद बनाएर अघि बढ्ने समझदारी भएको बताए । आगामी संघ र प्रदेशको निर्वाचनसम्म पनि गठबन्धनलाई निरन्तरता दिने तयारी रहेको उनको भनाइ छ । ‘हामी तीन दलका नेताले आज छलफल गर्यौँ । गठबन्धनलाई जोगाउँदै चुनावको तयारी गर्ने हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘चुनावको कमी कमजोरी समीक्षा गर्न पाँच दलको बृहत् बैठक राख्ने सहमति भएको छ ।’
अध्यक्ष नेपालले गठबन्धनको बलमा स्थानीय तह निर्वाचनमा पोखरा महानगर जितेको भन्दै गठबन्धनलाई निरन्तरता दिने बताएका छन् । आइतबार सम्पादहरूसँगको संवादमा उनले गठबन्धनभित्र संघ र प्रदेशको निर्वाचन मंसिर महिनालाई आधार बनाएर छलफल भइरहेको भन्दै सिट संख्याको टुंगो लाउने विषयमा छलफल भइरहेको बताए ।
उनले पार्टीमा बैठकमा गठबन्धन भन्दा संगठन विस्तारमा ध्यानदिनुपर्ने पक्षमा आफूले निर्देशन दिएको बताए । ‘हामीले पार्टीमा गठबन्धनको गीत गाउन बन्द गर्नुस् भनेका छौं । संगठनको बिस्तारमा लाग्नुस् । टोलसम्म पुर्याउने संगठन पुर्याउने काममा लाग्नुस् भनेका छौं’, उनले भने, ‘निर्वाचनमा कति मत पायौँ भनेर विश्लेषण गरिरहेका छौँ । गठबन्धनकै कारण महानगर पनि जितेका हौं ।’
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
Comments