प्रदेश १ बजेट प्रती एमालेकाे आक्राेस : आधारहीन र तथ्यहीन भएकाे आरोप
- असार २, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीले आज प्रदेशसभामा प्रस्तुत गरेको बजेट हावादारी भएको एमालेले प्रतिक्रिया दिएको छ । एमालेका प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले आधार र तत्यबिना ल्याइएको हावादारी बजेट भएको आरोप लगाए ।
आङ्बोले आगामि आर्थिक वर्षको लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेका थिए । बजेट वक्तव्यपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आचार्यले राजस्व संकलनको कुनै योजना नआएको, महत्वपूर्ण आयोजनामा बजेट कम हालेको र कार्यकर्ता पोस्ने खालको बजेट भएको आरोप लगाए ।
‘राजस्व संकलन गर्ने कुनै नयाँ योजना पनि ल्याउनुभएको छैन,’ आचार्यले भने, ‘कुनै तयारी बेगर हचुवाका भरमा ल्याएको बजेटले केही पनि परिवर्तन हुँदैन ।’ उनले बजेटले लक्ष्य लिन पनि नसकेको बताए । ‘न लक्ष्य अनुसारको राजस्व संकलन हुन्छ, न त उहाँहरूले बजेट नै खर्च गर्न सक्नुहुन्छ । कार्यकर्ता पाल्नका लागि मात्रै अहिलेको सरकारले बजेट ल्याइएको छ,’ उनले भने, ‘कुनै पनि ठूला योजना छैनन् । सबै टुक्रे योजना मात्रै छन् । महत्वपूर्ण योजनामा कम बजेट छुट्याएर चुनाव लक्षित बजेट ल्याइएको छ ।’
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
Comments