•  ११ मंसिर २०८१, मंगलवार
  •  9:19:27 AM

नेपाली सेना विश्वकै उत्कृष्ट सेना : अमेरिकी इन्डो प्यासिफिक कमाण्डर फ्लिन

- जेष्ठ २९, २०७९ मा प्रकाशित



काठमाडौं / अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले नेपाली सेना विश्वकै उत्कृष्ट सेना भएको बताएका छन् । एसियाकै पहिलो पुरानो सेना नेपाली सेना विश्वको एक उत्कृष्ट सैनिक भएको उनको भनाई छ ।

नेपाल भ्रमणको दोस्रो दिन कान्तिपथस्थित फोहोरा दरबारमा नेपालका सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीहरुसँगको शनिबार आयोजित अन्तरक्रियामा जनरल फ्लिनले नेपाली सेना शान्तिलाई मन पराउने सेना भएको उल्लेख गर्दै प्रशंसा गरे ।

अन्तरक्रिया कार्यक्रममा सहभागी एक अधिकारीका अनुसार नेपाली सेनाको व्यावसायिकता देख्दा गर्व लागेको बताएका थिए । ती अधिकरीका अनुसाार उनले भनेका थिए, ‘नेपाली सेनाको व्यवसायीकतासँग आफूहरु प्रभावित भएको प्रस्ट पारे । उनले भने, ‘यहाँको सेनाको व्यावसायिकता देख्दा गर्व पनि लाग्छ ।’

बिहीबार चार दिने नेपाल भ्रमणमा आएका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका थिए । यही क्रममा उनले फोहोरा दरबारमा रहेको अमेरिकी रिक्रिएसन सेन्टरमा नेपालका सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीहरुसँग भेटघाट गरेका हुन् । स्रोतका अनुसार फ्लिनले करिव ३५ मिनेट लामो मन्तव्य राखेका थिए ।

उनले इन्डो–प्यासिफिकको बिषयमा पनि धारणा राखे । यसभित्र ३६ मुलुकहरु रहेको उल्लेख गर्दै उनले अमेरिकाको लागि यो क्षेत्र महत्वपूर्ण भूभाग रहेको भएको बताए । उनले नेपाल ‘ल्यान्डपावर’ भएको पनि बताए ।

उनी बिहीबार अपरान्ह आएर उनी होटल हायातमा बसेका छन् । शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । शुक्रबार बिहानको खानापछि नेपाली सेनाको मुख्यालय पुगेर सैनिक मुख्यालयमा गार्डअफ अनर लिएका थिए ।

गार्डअफ अनरपछि प्रधानसेनापतिको कार्यालय गएका थिए । त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिएको थियो । त्यसलगतै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता भयो । यसपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरे ।

२८ गते शनिबार बिहान उनी हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा गएक थिए । माउन्टेन फ्लाइटपछि एभरेष्ट भ्यु होटलमा ब्रेकफास्टको गराइएको थियो ।

जेठ २९ गते आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। बिहानको खाना पनि त्यहीँ हुनेछ।  उनी भोलि पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजमा भ्रमण गरेर स्वदेश फर्कने कार्यक्रम छ ।

Comments

सम्बन्धित खवर