कांग्रेसले टुङ्ग्यायो जिसस सुनसरीका प्रमुख र उपप्रमुख : प्रमुखमा राजन उपप्रमुखमा कमला
- जेष्ठ २५, २०७९ मा प्रकाशित
इटहरी ।नेपाली कांग्रेसले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख र उपप्रमुख पदका उम्मेदवार टुङ्ग्याएको छ ।नेपाली कांग्रेस १ नम्बर प्रदेश कार्य समितिको बैठकले जिसस प्रमुख र उपप्रमुखको अन्तिम नाम टुङ्गो लगाएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश एकका संसदीय दलका नेता राजिव कोइरालाका अनुसार प्रमुखमा इनरुवाका पूर्व मेयर राजन मेहता र उपप्रमुखमा कमला खतिवडालाई आधिकारिक उम्मेद्वार बनाउने निर्णय गरेको हाे ।
जिससमा प्रमुख र उपप्रमुख एक–एक जना र ७ जना सदस्य रहने व्यवस्था छ । गठबन्धन दल भित्र भएको सहमति अनुसार सदस्य मध्ये चार जना नेपाली कांग्रेसले पाउने छ । बाँकी तीन मध्ये माओवादी केन्द्र र नेकपा एसबाट एकएक जना महिला सदस्य र जसपाबाट एक जना पुरुष सदस्य चुनिने छन ।
सदस्य चयन भने जिल्लाको निर्णय बमोजिम हुने बताइएको छ । कांग्रेसले जिसस प्रमुख र उपप्रमुखमा नाम अघि सारेका मेहता र खतिवडा दुवै इनरुवाबासी हुन ।जिसस निर्वाचन प्रकृया अन्र्तगत मनोनयन दर्ता भोलि (२६गते) हुँदै छ । २७ गते दाबी विरोध गर्ने, २८ गते मनोनयन फिर्ता लिने र निर्वाचन भने जेठ ३० गतेलाई तोकिएको छ ।
निर्वाचन प्रकृयामा भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्र मत खसाल्न पाउने व्यवस्था रहेको छ । जस अनुसार १२ स्थानीय तह रहेको सुनसरीमा प्रमुख र उपप्रमुख गरी २४ जना मतदाता रहेका छन ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments