निर्वाचनमा अन्तरघात गरेकाे भन्दै धरानमा तीन काँग्रेस नेतालाई कार्वाही
- जेष्ठ २५, २०७९ मा प्रकाशित
इटहरी । गत स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिकाका तीन नेतालाई नेपाली कांग्रेस धरानले कार्वाही प्रक्रिया थालेको छ ।धरान १२ नम्बर वडा समितिको जेष्ठ २३ गतेको बैंठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान १२ मा वडाध्यक्षका उम्मेदवार बिष्णु तामाङ पराजित भएका थिए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापति प्रदिप शाक्यले भुमिका खेलेको बैठकको निश्कर्ष छ । शाक्यसहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्यले कांग्रेस उम्मेदवार हराउन लागिपरेको बैठकको निर्णय छ ।
वडाध्यक्षका प्रत्यासी उमेरदार विष्णु तामाङ र वडा सभापति सरोज भट्टराईले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै अन्तरघात गर्ने तीन जनालाई कारबाहीको सिफारिस गरेको र बहिस्कार गर्ने जनाएका छन् । तीनै जना नेताहरुलाई पार्टीबाट आजीवन बहिस्कार गरिने विज्ञप्तीमा उल्लेख छ । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बनको सिफारिस गरिएको हो ।
धरान १२ नम्बर कांग्रेसका नेतातथा मेयरका प्रत्यासी किशोर राईको वडा हो । पार्टीबाटै अन्तरघात भएर चुनावमा पराजीत हुनुपरेको राईले पनि बताउँदै आएका छन् । धरानमा यसअघि ६ नम्बरमा कांग्रेस उम्मेदवार पराजीत भएपछि २९ जनालाई कारबाहीको सिफारिस गरिएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments