मन्त्रिमण्डलबाट रामकुमारी आउट हुदा नेटमणिले पाए अवसर
- जेष्ठ २२, २०७९ मा प्रकाशित
इटहरी । नेकपा एकीकृत समाजवादी पार्टी मन्त्री परिवर्तनको निर्णय गरेपछि केही चर्चित अनुहार बाहिरिएका छन्। आइतबार काठमाडौंमा बसेको सचिवालय बैठकले मन्त्री परिवर्तन गरेसँगै दुई चर्चित अनुहार बिदा भएका छन्। समाजवादीले नयाँ पाँच मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाइसकेको छ।
समाजवादीको यो निर्णयले सहरी विकास मन्त्री रामकुमारी झाँक्री पनि बाहिरिएकी छन्। उनको स्थानमा दाङका सांसद मेटमणि चौधरीले अवसर पाएका छन्। यसअघि गत असोजमै मन्त्रिपरिषद् हेरफेरका क्रममा उनी मन्त्रीको दौडमा थिए।
तर एमालेबाट अन्तिममा विद्रोह गरेका प्रेम आले र किसान श्रेष्ठलाई समेट्नु परेपछि चौधरी आउट भएका थिए। उनले त्यसबेला मन्त्री हुन नपाएपछि को मन्त्री बन्यो वा बनेन भन्ने विषय मुख्य नहुने उल्लेख गरेका थिए।
‘सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ। कहिलेकाहीँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ। आजको परिस्थिति यही नै हो,’ उनले त्यसबेला भनेका थिए।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments