मोटरसाइकल दुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको निधन
- जेष्ठ २२, २०७९ मा प्रकाशित
काठमाडाैं । मोटरसाइकलको ठक्करबाट घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ। न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा उनको आइतबार बिहान निधन भएको हो। उनलाई खोटाङको दिक्तेलमा मोटरसाइकलले दुई दिन अघि ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट टाउको र छातीमा चोट लागेका श्रेष्ठलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।श्रेष्ठको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ। श्रेष्ठ राप्रपाको पूर्व खोटाङ जिल्ला अध्यक्ष पनि हुन्। गएको स्थानीय तहको निर्वाचनमा दिक्तेल नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए।
उनलाई ठक्कर दिने प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकल र चालक १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा अभिषेककी आमा पनि घाइते भएकी छन्। मोटरसाइकलको पछाडी रहेकी ४८ वर्षीया विष्णुकुमारी राईको बाँसबारीमा उपचार भइरहेको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments