जनप्रतिनिधीलाइ अर्थमन्त्रीकाे निर्देशन : काम गरेर जनतालाइ खुशि बनाउनु
- जेष्ठ २१, २०७९ मा प्रकाशित
इटहरी । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरेका छन ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरूसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गर्दै जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्न सुझाव दिएका छन ।
‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्,’ उनले भने, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’
पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन ।
संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए । त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन उनले सुझाव दिए ।
छलफलमा जनप्रतिनिधिहरुले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकतालगायतका बारेमा जानकारी गराएका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments