सरकारको नीति-कार्यक्रम : चीनी बिनाकाे जेरी जस्ताे – ओली
- जेष्ठ १२, २०७९ मा प्रकाशित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको गन्तव्य नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा ओलीले सरकार र नीति तथा कार्यक्रम गुजुल्टिएको आरोप लगाए ।
नीति तथा कार्यक्रमको भाषामाथि टिप्पणी गर्दै ओलीले जनता अल्मल्याउने अभ्यास भएको बताएका छन् । ‘नीति कार्यक्रम भनेर ६५ पृष्ठमा १ सय ४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ पटक्कै ध्यान नगइकन वणर्मालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरी जस्तो खल्लो, गुजुल्टिएको । चास्नीमा हाल्न भ्याएको छैन,’ उनले भने, ‘अर्थ निस्किँदै ननिस्किने आधा पेजको वाक्य कहाँबाट कहाँ, एक ठाउँबाट शुरु हुन्छ, त्यसको आदि, मध्य र अन्त्य के हो ? गुजुल्टिँदै गएर, कहाँ गएर अन्तय हुन्छ थाहा हुन्न ।’
सरकारको नीति तथा कार्यक्रम कुन पार्टीको हो भनेर यकिन नभएको ओलीको भनाइ थियो । उनले भने, ‘यो सरकारै त्यस्तै छ जेरी जस्तै गुजुल्टिएको । कुनै नीति छैन, कहाँ पुग्ने ? कसको नीति ? यसको नीति के हो ?,’ उनले भने ।
नीति तथा कार्यक्रममा गैरजिम्मेवार र अनुत्तरदायीपन देखिने ओलीको भनाइ थियो । ‘यो दस्तावेज, नीति कार्यक्रमका नाममा आएको दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका संवाहक शक्तिबाट अस्थिरताको चाहनाको साथ बनि बनाइएको गठबन्धन सरकारको अस्थिरताकै घोषणापत्र हो । अस्थिरताकै घोषणापत्रका रूपमा यो प्रस्तुत भएको छ,’ उनको भनाइ थियो ।
‘एमालेलाई सिध्याउँछु, भन्ने हक कहाँबाट आयो ?’
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षका नेताहरूलाई प्रतिपक्षलाई सिध्याउँछु भन्ने हक कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । बिहीबारको संसद् बैठकमा उनले एमाले हाल वैशाखी टेकेर आएको पार्टी नभएको समेत बताए ।
‘सतापक्षले प्रतिपक्षलाई सिध्याउँछु भन्ने हक कहाँबाट आयो ? चुनावमा जित्न सक्छौैँ भन्न सकिन्छ । तर, समाप्त पारिदिन्छौं । धूलो चटाइदिन्छौं । गायब गराइदिन्छौं । टर्च बालेर खोज्नु पर्छ । टर्च बालेर पनि भेटिँदैन होला होइन् ? त्यहाँ पुर्याउने ?’, ओलीले सोधे ।
उनले पत्तासाफ गरेर सहमति र सद्भाव खोज्ने ? भन्दै उनले प्रश्न समेत गरेका । ओलीले निर्वाचनको बेला आफ्ना उम्मेदवारलाई थुनामा राखेको समेत आरोप लगाएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
-
ताजा मंसिर ११, २०८१रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
-
ताजा मंसिर ११, २०८१“माया घर नेपालकाे ८ औं वार्षिक साधारण सभा : प्रदेश सरकारबाट पर्याप्त बजेट छुट्याइने छ – अर्थमन्त्री मगर”
Comments