युरोपेली परिषदबाट मस्कोको ‘रुक्जिट’
- चैत्र २, २०७८ मा प्रकाशित
किभ: रुस सरकारले युरोपेली परिषद् (सीओइ) त्याग्ने घोषणा गरेको छ । युक्रेन अतिक्रमणलाई लिएर मस्कोलाई परिषदबाट निस्काशन गर्नुपर्ने आवाज उठिरहेका बेला रुस आफैले परिषद् त्याग्ने घोषणा गरेको हो ।
स्ट्रासबर्गमा रहेको परिषद् त्याग्नुअघि रुसी विदेश मन्त्रालयले त्यसबारे महासचिव मारिजा पेजसिनोभिक बुरिकलाई जानाकारी गराएको थियो ।
निर्णयसँगै रुसले परिषदसँगको २५ वर्षदेखिको सम्बन्ध तोडेको छ । युरोप परिषद् छाडेपछि रुसले मानव अधिकारसम्बन्धी युरोपेली सन्धि (ईसीएचआर) मा हस्ताक्षर गर्ने छैन भने रुसी नागरिकहरूले मानव अधिकारसम्बन्धी युरोपेली अदालत (ईसीएचआर) मा पहुँच हुनेछैन ।
युरोपेली परिषद्को इतिहासमा सदस्यता त्याग्ने रुस दोस्रो देश हो । यसअघि सन् १९६० मा ग्रीसले अस्थायी रुपमा परिषदको सदस्यता त्यागेको थियो । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments