ताप्लेजुङका ६ स्थानीय तहमा प्रमुख प्रशासकीय नहुँदा शिक्षकमाथि दोहोरो कार्यबोझ
- माघ १९, २०७८ मा प्रकाशित
ताप्लेजुङः ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । फक्ताङलुङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा भएसँगै गाउँपालिका निमित्तको भरमा छ ।
मिक्खोला गाउँपालिकाका पनि स्वास्थ्य शाखा प्रमुख ललित नारायण यादवको भरमा छ । उनले निमित्तको जिम्मेवारी सम्हालेको दुई महिना भयो । भट्टराई र यादव मात्र होइन ताप्लेजुङमा नौ स्थानीय तहमध्ये ६ मा निमित्त प्रमुख प्रशासकीय छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै नयाँ नपठाउँ समस्या भएको हो ।
मेरिङदेन गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीयविहीन छ । पाभीभरा याङवरक र सिदिङवा गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीयविहीन छ । गत साता प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै सिरिजंगा गाउँपालिका पनि निमित्तको भरमा छ ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाजमा समस्या हुने गरेको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । स्थानीय तहमा नीति नियम र कानुन निर्माण गर्न समस्या हुने गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए । उनले भने, ‘अहिले स्वास्थ्य शाखा प्रमुखलाई निमित्त दिएका छौं । स्वास्थ्य शाखा प्रमुखसँग स्वास्थ्य सम्बन्धि ज्ञान छ । तर, प्रशासन सम्बन्धि प्रर्याप्त ज्ञान छैन । त्यसैले गाउँपालिकाको प्रशानमा समस्या हुने गरेको छ ।’योजना तर्जुमामा पनि समस्या हुने गरेको छ ।
छैनन् वडा सचिव पनि
६ वटा वडा रहेको गाउँपालिकामा कुनै पनि वडामा वडा सचिव छैनन् । ताप्लेजुङको सिरिजंगा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाएको छ । गाउँ कार्यपालिकाको बैठकले लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भइ नआञ्जेलसम्मका लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको रुपमा खटाउन भएको हो । गाउँपालिकाका विभिन्न सेवा समूहका ७ जना कर्मचारीको एकैपटक सरुवा भएको छ सिरिजंगा गाउँपालिका वडा सचिवविहीन छ ।
७ वटा वडा रहेको फक्ताङलुङ गाउँपालिकामा तीन जना मात्र वडा सचिव रहेको फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रकाश रिजालले बताए । वडा सचिव नहुँदा स्वास्थ्थ क्षेत्रका अनमीलाई वडा सचिवको जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ । मिक्वाखोला गाँपालिका गत महिना वडा सचिव सुरुवा भएर गएसँगै पालिकामा कार्यरत अन्य कर्मचारीलाई वडा सचिव जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ । – न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments