छठ पर्वले सबै समुदायलाई जोड्ने काम गरेको छ : वडाध्यक्ष दिवस पोखरेल
- कार्तिक २२, २०८१ मा प्रकाशित
इटहरी । आस्थाकी देवी भनेर मानिने छठ पर्वले धार्मिक सद्भाव बढाउनुका साथै सबै समुदायलाई एउटै मालामा जोड्ने काम गरेको इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेलले बताएका छन्। छठ सेवा समिति इटहरीद्वारा आयोजित छठ पर्व पूजा समारोह कार्यक्रममा सम्बोधन गर्दै वडाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्।
धार्मिक आस्था, सद्भाव र सबै समुदायबीच मेलमिलापको प्रतीकको रूपमा यो पर्व लोकप्रिय बन्दै गएको वडाध्यक्ष पाेख्रेलकाे भनाइ छ। समारोहमा आफ्नो मन्तव्य व्यक्त गर्दै, पाेख्रेलले यस पर्वले सबै समुदायलाई एउटै मालामा जोड्ने काम गरेको बताए।
उनले भने दुई वर्षअघि इटहरी बुढी गंगा जमुना मुक्ती घाटमा ३०० छठ घाटहरू निर्माण गरिएको थियो, जुन एक वर्षपछि ४०० पुगेको थियो, र यो वर्ष घाटहरूको संख्या ५५० पुगेको छ। यसले छठ पर्व र छठी मैयाप्रति जनसमुदायको आस्था बढेको प्रष्ट हुन्छ।
पहिला तराईका मधेसी समुदायले मात्र मनाउने यो पर्व अहिले पहाडी, मधेसी, मैथिली सबै समुदायको साझा पर्व बनिसकेको उनकाे धारणा छ। बर्तालुहरूले आस्थापूर्वक गरेका भक्ती, प्रेम, र आस्था पूर्ण हुने विश्वासले गर्दा यो पर्व साझा बनेको वडाध्यक्ष पोखरेलले बताए।
कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका वडाध्यक्ष पोखरेलले हिन्दू धर्मग्रन्थहरूले कलियुगमा धर्म देखावटी रूपमा मान-माइन्छ र मानवभित्र धर्म नरहने कुरा उल्लेख गरे पनि छठ पर्व र इटहरीवासीले यसलाई चिरेको पनि बताए।
सम्बन्धित खवर
-
ताजा कार्तिक २८, २०८१Non Gamstop Casinos: Greatest Casinos Not On Gamstop 202
-
ताजा कार्तिक २८, २०८१Top Non-uk Casinos Not Really On Gamstop: Trustworthy Picks 202
-
ताजा कार्तिक २५, २०८१How To Win At Online Internet Casinos: Top 10 Online Gambling Tip
-
ताजा कार्तिक २५, २०८१Las Vegas Casino Games Odds Game Titles With Best As Well As Worst House Edge
-
ताजा कार्तिक २५, २०८१Mbs Online Casino: Singapores Premier Gambling Destinatio
Comments