हेटौंडा सिमेन्ट उद्योगमा चोरी, एक सातासम्म घटना गुपचुप बनाइयाे
- कार्तिक २, २०८१ मा प्रकाशित
काठमाडाैं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा चोरी भएको छ।उद्योगमा गत असोज २२ गते राति करिब १० लाख रुपैयाँ बराबरको क्रसरमा प्रयोग हुने तार चोरी भएको उद्योगका महाप्रवन्धक वसन्त कुमार पाण्डेले बताए।चोरीको विषयमा प्रहरीलाई जानकारी गराइएको पाण्डेले बताए।
यद्यपी एक साता अघिनै चोरी भएपनि उद्योग प्रशासनले एक सातापछि बुधबार (हिजो) मात्र प्रहरीमा निवेदन दर्ता गराएको छ।अनौपचारिकरुपमा प्रहरीलाई चोरीको घटना भएलगत्तै जानकारी गराइए पनि दसैँ विदाका कारण बुधबार (हिजो) मात्रै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा घटनाबारे जानकारी गराएर लिखित निवेदन दिइएको उद्योगका महाप्रवन्धक पाण्डेले जानकारी दिए।
ता, मकवानपुर प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काले घटनाबारे छानबिन भैरहेको जानकारी दिए। उद्योगको सुरक्षाका लागि राखिएको गार्डले घटनाको विषयमा खबर नगर्नुले घटना रहस्यमय रहेको प्रहरी प्रमुख खड्का बताउँछन्।उद्योगमा काठमाडौंको बज्र सेक्युरिटी कम्पनीले सुरक्षा प्रदान गर्दै आइरहेको छ। तार चोरी भएसँगै उद्योग सञ्चालनमा समस्या हुने भएको बताइएको छ। क्रसरमा प्रयोग भएका विभिन्न प्रकारका करिब डेढ सय मिटर तार चोरी भएको हो।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments