•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:08:14 PM

विवादमा आलियाको फिल्म ‘जिगरा’, स्क्रिप्ट चोरीको आरोप

- कार्तिक १, २०८१ मा प्रकाशित



एजेन्सी । आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘जिगरा’ विवादमा परेको छ। फिल्म रिलिज हुनुअघि नै यसको विषयवस्तु र कथालाई लिएर धेरै प्रश्न उठेका थिए। जसको असर फिल्मको व्यापारमा पनि परेको छ। किनकी यस फिल्मले ६ दिनमा भातरमा जम्मा २० करोड मात्रै कमाएको छ।अर्कोतर्फ, टी(सिरिजकी मालिक दिव्या खोसला कुमारले पनि आलियाको आलोचना गरेकी छिन्। दिव्याले जिगराको कथा आफ्नो फिल्म सावीसँग मिल्दोजुल्दो रहेको आरोप लगाएकी छन्। उनले केही दिनअघि एउटा तस्विर पोष्ट गरेका थिइन्, जसमा थिएटरभित्रका सिटहरू खाली देखिएका थिए। आलियाले जिगराको सबै टिकट आफैंले किनेर झुटो संकलन गरेको उल्लेख गरेकी थिइन्।

एक प्रयोगकर्ताले दिव्या खोसलाको पीआर टोलीको पोस्टको स्क्रिनसट सोशल मिडियामा साझा गरेका थिए। जसमा टिमले जिग्राको कथा दिव्याको फिल्म सावीबाट चोरेको दाबी गरेको थियो। नोटमा आलिया भट्टमाथि धेरै आरोप पनि लगाइएको थियो। जसमा लेखिएको थियो– आलियाका काका तथा निर्माता मुकेश भट्टले हलिउड फिल्म ‘द नेक्स्ट थ्री डेज’ को राइट्स ४ करोडमा किनेका थिए। त्यतिबेला दुवै भट्ट भाइ सँगै थिए। यो कुरा आलियालाई थाहा थियो। तर, जब दुवै भाइ अलग भए, आलियाले अर्को प्रोडक्सन हाउसलाई पटकथा दिएकी थिइन्।

‘आलियाले आफूलाई देशको सबैभन्दा ठूलो अभिनेत्री भनेकी छिन्। तर, आफ्ना ७२ वर्षीय काकालाई धोका दिनुअघि सोचेकी थिइनन्।’ नोटमा लेखिएको थियो। तर, पछि दिव्या खोस्लाको पीआर टोलीले यो पोस्ट हटाएको थियो।फिल्म जिगराका निर्देशक वासन बालाको भनाइलाई लिएर निकै विवाद भएको थियो। एक अन्तर्वार्ताका क्रममा उनले फिल्मको कथा करण जोहरलाई कच्चा फाइल पठाएको बताएका थिए। तर करणले न सोधी नै सिधैं आलियालाई पठाए। वासन बालालाई यो कुरा मन परेन। वासन बालाको यो बयानपछि करण जोहरलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको थियो। करणमाथि आलियाका लागि फिल्म लिएको आरोप लागेको थियो।

मणिपुरी अभिनेताले ‘जिगरा’ का निर्मातामाथि गम्भीर आरोप लगाएका छन्, आलियाको फिल्म जिगरालाई लिएर भएको पुरानो विवाद अझै रोकिएको छैन। यस्तो अवस्थामा यसमा नयाँ विवाद थपिएको छ। अब मणिपुरका अभिनेता बिजोउ थाङ्जामले फिल्मका निर्माताहरुमाथि ‘अव्यवसायिक’ व्यवहार गरेको आरोप लगाएका थिए। फिल्म टोलीले उनलाई २०२३ मा अडिसन लिएको थियो। र, डिसेम्बरमा सुटिङका लागि आउन भनेको थियो। उनी निर्माताहरूबाट कुनै अपडेटको लागि पर्खिरहेका थिए। तर, फिल्म टिमबाट कुनै जानकारी पाएनन्। यसै क्रममा उनले अन्य प्रोजेक्ट पनि छोडे र जिग्रामा पनि भूमिका पाएनन्। तर, बिजो थाङ्जामले पनि आफ्नो पोस्टमा दिव्या खोस्ला कुमारको विवादमा पर्न नचाहेको स्पष्ट पारेका छन्।

Comments

सम्बन्धित खवर