•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:16:28 PM

‘हनी ट्रयाप’ प्रकरण : इटहरीका व्यवसायीलाई फसाउने प्रहरी निरीक्षक बिनु शाही फरार ,इटहरीकै सुष्मा विक, ताज मुल र भिमादेवी थापाबिरूद्ध अनुसन्धान शुरू

- कार्तिक १, २०८१ मा प्रकाशित



इटहरी । ‘हनी ट्रयाप’ प्रकरणमा अनुसन्धानमा तानिएकी ललितपुर भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही फरार भएकी छन् । पक्राउ पर्ने अनुमानपछि उनी हाल सम्पर्कमा नरहेको ललितपुर प्रहरी स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

इटहरी निवासी घर जग्गा व्यवसायीलाई भैसीपाट्टी प्रहरी कार्यालय सम्म पुर्याएर हनी ट्रयापमा पारेर ३० लाख रुपैंयाँ असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाई दिने’ भन्दै हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवल्दारसहित चार जना थुनामा छन् ।

सुष्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ । ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् ।

बलात्कार मुद्दामा फसाइ दिने भन्दै एक व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । उक्त घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो ।

फरार छन इटहरीका पाेख्रेल

छानबिन समितिले यसअघि घटनाको सन्दर्भमा बुझ्नका लागि उनीसँग सम्पर्क गरेको थियो। तर उनले समितिसमक्ष उपस्थित हुन पनि इन्कार गरेकी थिइन्।ललितपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी बस्ने सुष्मा विक, इटहरीकै ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ। अर्का आरोपी दर्शन पोखरेल भने हाल फरार छन्।

व्यवसायीलाई फसाउन इन्सपेक्टर शाहीको सहयोग देखिएको छानबिन समितिको निष्कर्ष छ। भैँसेपाटी प्रभागमा ल्याएपछि व्यवसायीले आरोपित समूहलाई ३० लाख रुपैयाँ दिएको र रकम बुझाउन जाँदा इन्सपेक्टर शाहीका सवारी चालक पनि साथै गएको खुलेको छ। यस गिरोहसँग प्रहरीसमेत मिलेर व्यवसायीबाट रकम असुलेको छानबिन समितिको ठहर छ।

Comments

सम्बन्धित खवर