•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:14:36 PM

चर्चित पप गायक लियाम पेनको बार्दलीबाट खसेर मृत्यु

- कार्तिक १, २०८१ मा प्रकाशित



एजेन्सी । चर्चित पप गायक लियाम पेनको दुर्घटनामा परेर मृत्यु भएको छ । ‘वन डिरेक्सन’ ब्यान्डका पूर्व सदस्य समेत रहेका पेनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको होटेलको तेस्रो तलाबाट खसेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३१ वर्षीय ब्रिटिस गायक पेन होटेलको तेस्रो तलाको बाल्कोनीबाट खसेको अर्जेन्टिनी प्रहरीले जनाएको छ । पेन सन् २०१० मा एक्स फ्याक्टर टीभी सोमा बनाइएको चर्चित ब्वायब्यान्डका सदस्य समेत थिए । यस समूहमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियाल होरान र जयन मलिक जस्ता कलाकार समेत आबद्ध थिए । केही दिनअघि मात्र अर्जेन्टिनामा उनले ‘वन डिरेक्सन’ कै पूर्व सदस्य नियाल होरानको कन्सर्टमा प्रस्तुति दिएका थिए ।

ब्युनस आयर्स प्रहरीले पेन लागूऔषध र मदिराको नसाका कारण दुर्घटनामा परेको हुन सक्ने आशंका गरेको छ । पेनको मृत्युको खबरपछि अमेरिकी गायक चार्ली पुथले इन्स्टाग्राममा लेखेका छन्, ‘म अहिले स्तब्ध छु । लियाम मलाई सधैं नै अति माया गर्थे । मैले सहकार्य गरेकामध्ये उनी मुख्य कलाकार थिए । उनी रहेनन् भन्ने कुरा मैले विश्वास नै गर्न सकिरहेको छैन ।’

Comments

सम्बन्धित खवर