•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:07:42 PM

हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक बनाएपछि विवाद

- आश्विन २९, २०८१ मा प्रकाशित



इटहरी । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघालाई कार्यवाहकको जिम्मेवारी नदिइ नियम विपरीत वडाध्यक्षलाई दिएका हुन् । आफूसँग राम्रो सम्बन्ध नभएका कारण साङपाङले उपप्रमुखलाई दिनुपर्ने जिम्मेवारी वडाअध्यक्षलाई दिएका हुन् ।

उनले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका हुन् । साम्पाङ बिहीबार बेलायत भ्रमणमा जान लागेका छन् । साम्पाङले वडाअध्यक्ष फागुलाई असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिएका हुन् ।  उनले वडाध्यक्षलाई कामको जिम्मेवारी नै बुँदागत रुपमा तोकेरै पत्र दिएका छन् ।

पत्रमा आर्थिक सहयोग एक दिनको ५ हजार रुपैयाँ मात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, १० दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने शर्तसहित कार्यबाहकको जिम्मेवारी दिइएको छ । बेलायतमा रहेका नेपालीको निम्तोमा आफू बेलायत जान लागेका उनले त्यहाँका नेपाली समुदायसँग भेटघाट गर्ने बताएका छन् ।

Comments

सम्बन्धित खवर